Monday, November 16, 2009

वाद-प्रतिवादमा बीपी र चाउ एनलाई

स्मरण»

वाद-प्रतिवादमा बीपी र चाउ एनलाई


होराप्रसाद जोशी

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई २०१७ वैशाख १४ गते नेपालको चारदिने भ्रमणमा आएका बेला रमाइलो पारामा कूटनीतिक सवालजवाफ भएको थियो, जो म अहिले पनि सम्भिmन्छु । म त्यसबेला कानुन सहायकमन्त्री थिएँ । चीन भ्रमणका क्रममा थाँती रहेको शान्ति र मैत्री सन्धि यसै भ्रमणका क्रममा हस्ताक्षर गरेर टुंग्याइएको थियो । आर्थिक सहायतासम्बन्धी सातबुँदे सहमतिमा पनि यसैबेला हस्ताक्षर भएको हो ।

वैशाख १७ गते चाउ एनलाईको प्रतिनिधि मण्डल स्वदेश फर्किंदै थियो । त्यसै दिन बिहान शीतल निवासमा चाउ एनलाईका साथ चीनको राज्यपरष्िाद्का उपप्रधानमन्त्री तथा परराष्ट्र विभागका मन्त्री मार्सल चेन यी उपस्िथत थिए । चिनियाँहरू अंग्रेजी भाषामा ज्यादै कमजोर हुँदा रहेछन् । हामीले बोलेको अंग्रेजी पनि नबुझ्ने । त्यसैले तिनीहरूले दोभाषेको सहयोग लिएका थिए । नेपालका तर्फबाट भने बीपी र म उपस्िथत थियौँ ।

दूताबास स्थापना र वायरलेस सेटबारे कुराकानी सकिएपछि चाउ एनलाईले भने, "अब एभरेस्ट -सगरमाथा)बारे पनि वाटर सेड -पानी ढलो) पि्रन्सिपलमा तय गरौँ ।" त्यत्तिकैमा बीपीले त्यसको प्रतिवाद गर्दै भन्नुभयो, "सगरमाथा नेपालको हो, त्यसप्रति नेपाली जनताको भावना गाँसिएकाले पानी ढलो सिद्धान्तका आधारमा तय गर्न सकिने अवस्था छैन ।"

त्यत्तिकैमा चाउ एनलाई जंगिए, "एभरेस्टसँग चिनियाँ जनताको सेन्टीमेन्ट छ ।" बीपी पनि के कम ! उहाँले भन्नुभयो, "एभरेस्टको चिनियाँ भाषामा नाम नै नभएकाले चिनियाँ जनताको भावना याने सेन्टीमेन्टको प्रश्न नै आउँदैन ।" "छ, किन छैन ? एभरेस्टलाई हामी चोमोलोङ्मा भन्छौँ ।" चाउ एनलाईले यति कुरा के भन्न भ्याएका थिए, बीपीले भन्नुभयो, "त्यो त तिब्बती नाम हो ।"

यस्तो सवालजवाफ टुलुटुलु हेररिहेको म पनि त्यत्तिकै चुप लागेर बस्न सकिनँ । मैले भनँे, "एभरेस्ट याने सगरमाथाको उत्तरी पानी ढलोभन्दा पनि तलको रोम्बुक गुम्बाले नेपाललाई तिरो बुझाइ आएकोबाट पनि सगरमाथा नेपालको हो भन्ने देखाएको छ ।" त्यसपछि चाउ एनलाईले नै भने, "त्यसो भए दुवै देशका जनताको भावनात्मक विषय भएकाले यस मुद्दालाई यथावत् राखौँ ।"

विश्वमा नै महान् कूटनीतिज्ञ कहलिएका चाउ एनलाईसँग सगरमाथा विवादको विषयमा बीपीले देखाउनुभएको त्यो साहस कमै मानिसमा पाइन्छ । मातृभूमिप्रतिको उहाँको त्यो प्रतिबद्धता सराहनीय थियो । म बीपीको त्यस अडानबाट ज्यादै प्रभावित भएँ । तर, एउटा डर थियो, विवादले समस्या समाधानको सट्टा दुई देशबीच नयाँ समस्या जन्माउँछ कि भन्ने ! हामी पनि अलि आलाकाँचा नै थियौँ । जोश थियो तर त्यसले मात्र समस्या समाधान हुँदैनथ्यो । तर पनि त्यस्तो कुनै दुर्घटना भएन । चिनियाँ पक्षले नै राजासँग यस विषयमा पछि कुराकानी गरेर विवाद टुंग्याउने बताएपछि हामीले चिनियाँ प्रतिनिधि मण्डलाई बिदाइ गरेका थियौँ ।

त्यसअघि गृह तथा कानुनमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माण, सञ्चार तथा नहर मन्त्री गणेशमान सिंहसहितको नेपाली प्रतिनिधि मण्डल ०१६ फागुन २७ गते चिनियाँ प्रधानमन्त्री चाउ एनलाईको निमन्त्रणामा दुई साता लामो पेकिङ् भ्रमणमा पुगेको थियो । प्रधानमन्त्री बीपी कोइराला भने बर्माको दुईदिने भ्रमण सकेर रंगुनबाटै त्यसतर्फ लाग्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले सांघाईनजिकको ह्योग चाउको एउटा तालको किनाराको बासस्थानमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ्सँग कुराकानी गर्नुभयो ।

त्यस भ्रमणका क्रममा नै पहिलोपटक सगरमाथा विवादको विषय बन्यो । सगरमाथाको हकदाबी साझा हुने भनेर चिनियाँ पक्षले अड्को थापेपछि त्यो विवादको विषय बनेको थियो । नेपाली प्रतिनिधि मण्डलले त्यसप्रति आपत्ति मात्र जनाएन, खुलेर विरोध पनि गर्‍यो । चिनियाँ पक्षले त्यो मुद्दा चर्को रूपमा उठाएपछि त्यसको विरोधस्वरूप नेपालमा जनमत सिर्जना गर्न बीपीले चीनबाटै हामीलाई निर्देशन दिनुभयो । सोही निर्देशनबमोजिम मन्त्री नै भए पनि मेरै नेतृत्वमा त्यसको विरोधमा नेपालमा ठूलो जुलुस निकाल्यौँ । हजारौँको संख्यामा उपस्िथत त्यस जुलुसमा हामीले 'सगरमाथा हाम्रो हो, सगरमाथा हाम्रो शिर हो' जस्ता गगनभेदी नारा लगाउँदै सहरका विभिन्न भागको परत्रिmमा गरेका थियौँ ।

त्यसबेला म बडो असमन्जस्यमा थिएँ । किनभने, मैले दुईवटा भूमिका निर्वाह गर्नुपरेको थियो । चाउ एनलाईले सगरमाथा साझा हो भनेर अडान लिएको विरोधमा सडकमै उत्रिनुपर्‍यो भने उनी राजकीय भ्रमणमा नेपाल आउँदा उनको स्वागतार्थ मेरै सभापतित्वमा समिति गठन गर्नुपर्‍यो । कस्तो विडम्बना !

बीपीले भन्नुभयो, "होराजी, चाउ एनलाईको नेपालमा भव्य स्वागत हुनुपर्छ । सम्मान र स्वागतमा कुनै कसर बाँकी राख्नु हुँदैन ।" अलिकति तलबितल पर्‍यो कि दुई देशको सम्बन्धमा नै असर पथ्र्यो । त्यो कुरा बुझेर नै मैले त्यस प्रतिनिधि मण्डलको भव्य स्वागतार्थ तयारी गरेँ । एक किसिमले त्यो सफल पनि भयो ।

नेपाल भ्रमणका क्रममा चाउ एनलाईलाई यताउति हिँडाउन ज्यादै समस्या पथ्र्यो । कतिसम्म भने सिंहदरबार जान पनि उनीहरू कठिन मान्थे । किनभने, त्यसबेला चिनियाँहरूको विश्वास के थियो भने तिब्बतीहरूलाई अमेरकिी सहयोग प्राप्त छ । हाम्रो सूचना स्रोतलाई उनीहरू पत्याउँदै पत्याउँदैनथे ।

यसरी विवादको विषय बनेको सगरमाथाको मुद्दा ०१७ सालको घटनालगत्तै राजा महेन्द्रको चीन भ्रमणपछि टुंगियो । उत्तरमा चीन र यता दक्षिणमा नेपालको आधिपत्यको कुरामा त्यो मुद्दा टुंगिएको थियो । राजा महेन्द्रले चीनसँग त्यसबारेमा सम्झौता गरेका थिए । उनले चीन भ्रमणलगत्तै नेपाल फर्केर दिएको प्रतिक्रिया भने यस्तो थियो, "सगरमाथा जहाँ छ, त्यहीँ रहनेछ ।"

1 comment: